प्रधानमन्त्री पहिले भारत जाने कि चीनको मेजमानी खाने ?

प्रधानमन्त्री पहिले भारत जाने कि चीनको मेजमानी खाने ?
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको गत साता एक सय दिन पुगेको छ । ‘हनिमुन पिरियड’ भनिने उक्त अवधि बितिसक्दासमेत दुई निकट छिमेकी मुलुक भारत र चीनबाट हालसम्म औपचारिक तथा राजकीय भ्रमणको निम्तो नआएपछि अनेक अड्कलबाजी र टिकाटिप्पणी शुरु हुन थालेको छ । जबकि यसअघि नेकपा अध्यक्षको हैसियतमा प्रधानमन्त्री बन्नुहुँदा भारतीय समकक्षीले बधाईसँगै भ्रमणको निम्तो दिनुभएको थियो ।

सरकार गठनको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले नेपाल न्युज एजेन्सीसँगको अन्तर्वार्तामा निम्तो नआएको सन्दर्भ स्वीकार्नुभएको छ । ‘सरकारलाई भारततिर ढल्केको आरोप लागेको छ नि’ भन्ने सन्दर्भमा प्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो । 

प्रधानमन्त्रीले दुई वटा छिमेकी बराबर भनेपछि नै भ्रमणको कुरो उठ्न थालेका हुन्न । भारत भ्रमणको प्रतिक्षा गरिरहँदा चीनले पनि खासै तातो नलगाएको र पर्ख-हेरको अवस्थामा रहेको चर्चा कतिपय कूटनीतिज्ञले गरेका छन् । प्रधानमन्त्रीले जवाफमा ‘चीनले बोलाएपछि गइ हालिन्छ नि ’ भनेबाट पनि उताबाट निम्तो आइनसकेको स्वतः प्रष्ट हुन्छ । 

प्रधानमन्त्री दुई छिमेकी मुलुक जानुअघि परराष्ट्रमन्त्रीको भ्रमणको पनि विशेष अर्थ रहन्छ । भारतीय समकक्षी डा. एस.जयशंकरको निम्तो मान्न दुई महिनाअघि नै डा. आरजू राणा देउवा पाँच दिने दिल्ली  यात्रामा जानुभएको थियो । भारतीय विदेश सचिव बिक्रम मिश्रीको नेपाल भ्रमण क्रममा राणालाई मिति तोकिएको निम्तो हस्तान्तरण गरिएको थियो ।

"भारतीय विदेश सचिवले परराष्ट्रमन्त्रीलाई मिति तोकेर निम्तो दिए । परराष्ट्रमन्त्रीको भ्रमण भइसक्यो,यसबीच भारतीय प्रधानमन्त्रीसँग पनि भेट भएको छ । तर,निम्तोको नामोनिशान नभएपछि तिमीले नबोलाए म उत्तर जान्छु भनी घुर्क्याएको हुनसक्छ ।’

तर उहाँलाई पनि उत्तरको छिमेकीले हालसम्म बोलाएको पाइन्न । चीनतर्फ परराष्ट्रमन्त्रीकै भ्रमण भइनसकेकाले प्रधानमन्त्रीको भ्रमण तत्काल हुने नहुनेबारे यसै भन्न नसकिने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । स्रोत भन्छ,‘अलि अगाडि बीचमा बोलाएको भन्ने सुनिएको थियो । तर,पछिल्लो समय प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुबैलाई बोलाएकोबारे संकेत छैन ।’

अघिल्लो महिना न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्रीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेट गर्नुभएको थियो । सो क्रममा उहाँले प्रधानमन्त्री ओलीलाई ‘तपाइँ चीनमा बेइजिङ्ग आउनुपर्छ । हामी बोलाउँछौँ’ भन्नुभएको थियोे । तर, उक्त भ्रमणबारे हालसम्म विस्तृत जानकारी नआएको र नोभेम्बरको अन्तिमतिर बोलाउन सक्ने अड्कल परराष्ट्र स्रोतको छ । तर,हालसम्म औपचारिक पत्र प्राप्त नभएकोे परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

नेपाली काँग्रेस निकट भारतका लागि एकजना पूर्व राजदूतले सम्भवतः प्रधानमन्त्रीले दक्षिणबाट निम्तो नआएपछि उत्तरको चर्चा चलाएर ‘तुरुप’ फालेको हुनसक्ने आशंका गरेका छन् । भन्छन्, ‘भारतलाई तुरुप फालेको हुनसक्छ । भारतीय विदेश सचिवले परराष्ट्रमन्त्रीलाई मिति तोकेर निम्तो दिए । परराष्ट्रमन्त्रीको भ्रमण भइसक्यो,यसबीच भारतीय प्रधानमन्त्रीसँग पनि भेट भएको छ । तर,निम्तोको नामोनिशान नभएपछि तिमीले नबोलाए म उत्तर जान्छु भनी घुर्क्याएको हुनसक्छ ।’
जबकि यसअघि प्रधानमन्त्री हुँदा नरेन्द्र मोदीले ट्वीटरमा भारतमा स्वागत गर्न तयार रहेको बताउनुभएको थियो । तर यसपालि नियुक्तिपछि बधाईबाहेक अरु केही नआउनुले पनि कुरा बुझ्न सकिने कूटनीतिक बृत्तमा चर्चा छ । 

न्युयोर्कमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग आधा घण्टा कुरा गर्नुभएको अवस्थामा पनि निम्तोको कुनै उच्चारण भएन । कुर्दा कुर्दा बोलाउने कुनै छनक नदेखिएपछि चीनको भ्रमण तयारी शुरु भयो है भनिएको हुनसक्छ  ।

टिप्पणीहरू