प्रधानमन्त्रीबाट अन्तिममा नआउने खबर आयो

प्रधानमन्त्रीबाट अन्तिममा नआउने खबर आयो
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीको सहजताका लागि आज दिउँसोलाई सारिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि ‘प्रधानमन्त्रीज्यू आजको बैठकमा आउनुहुन्न’ भन्ने खबर सचिवालयले पठाएको छ। 

आइतबार बस्ने भनिएको बैठक प्रधानमन्त्री ओलीकै कारण सोमबार (आज) मध्यान्ह १२ः१५ बजेलाई सारिएको थियो। प्रधानमन्त्रीको सचिवालयले ओली नआउने जानकारी दिएपछि हतार हतार गृहमन्त्री रमेश लेखक त्यो बैठकमा जाँदैछन् । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ताले जनाए ।

‘ओलीको समयको के ठेगान छ र! उहाँको बारेमा धेरै टिप्पणी नगरौँ, उहाँले कसलाई टेर्नुहुन्छ र ?,’ माओवादीका एक सांसद्ले भने, ‘उहाँ त सदन र मिनी सदनभन्दा पनि माथि हुनुहुन्छ !’

टिप्पणीहरू