दुर्गा प्रसाईमाथि खनिए एमाले नेत्रीहरु
‘बा’निकट झापाका नेत्रीहरूले मार्सी भनेर चिनिने एमालेकै पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई फेरि प्रहरी खोरमा पुर्याउने चेतावनी दिएका छन् ।
महिलामाथि हिंसा एवं दुर्व्यवहारपूर्ण अभिव्यक्ति दिँदै हिँडिँरहेको भन्दै प्रसाईंमाथि अनेमसंघ झापाले कारबाहीको माग गरेको छ। ‘राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’को संयोजक रहेका प्रसाईंलाई झापाली नेत्रीहरूले आइन्दा बोल्दा सम्हालिएर बोल्न चेतावनी दिएका हुन् । त्यसो त उनले बेलाबखत महिला जमातलाई होच्याउँदै बोलिरहेका हुन्छन् । राजनीति गर्ने महिलाहरूको बारेमा नानाभाँती भनिरहेका हुन्छन् ।
एमालेमा आवद्ध महिला नेत्री र अध्यक्ष केपी शर्मा ओलीका खरो आलोचक उनी एमालेभित्रको यौन काण्ड उत्खनन गर्ने पात्रमध्येकै एक मानिन्छन् । उनी युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत र ओलीसितै भिडिरहेका छन् । हिजो आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईंलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएको छ। एमाले अध्यक्ष एंव् प्रधानमन्त्री केपी शर्मा ओली ओलीको गृहजिल्ला हो झापा।
टिप्पणीहरू