कांग्रेसको चुनावी कमाण्डर विश्वप्रकाश
नेपाली काँग्रेसले ‘स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति’ गठन गरेको छ । सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनाउनुभएको हो ।
समितिको सदस्यमा सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’, भिष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य तोकिएका छन् ।
त्यस्तै, प्रकाश शर्मालाई समितिको सदस्य सचिव मनोनित गरिएको जनाइएको छ ।
‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) बमोजिम पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा देहाय बमोजिम सदस्यहरु रहनुभएको स्थानीय तह उपनिर्वाचन, २०८१ केन्द्रीय संयोजन समिति गठन गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू