इस्तानबुल हुँदै माधव नेपाल भेनेजुयलातर्फ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयला जानुभएको छ । उहाँ टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ मा दिउँसो पौने २ बजे काठमाडौंबाट टर्किको राजधानी इस्तानबुलतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।
उहाँसँगै प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर पनि हुनुहुन्छ । अध्यक्ष नेपाल नेतृत्वको टोली त्यहाँको पार्लियामेन्ट्री फोरमद्वारा आयोजित विचार गोष्ठीमा सहभागी हुने बताइएको छ ।
कार्यक्रम आगामी सोमबार र मंगलबार दुई दिन हुँदै छ । उहाँको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको एकीकृत समाजवादीले जनाएको छ ।
टिप्पणीहरू