तपोवनमा गुञ्जियो मुटु र पिरतीका गीत

काठमाडौंको ओशो तपोवनमा साधकहरुले मुटु र पिरतीका गीत गाउँदै नाचेका छन् । द्यौसी भैलो खेल्न आएको टोलीसँगै गेरु वस्त्रमा उनीहरु पिरतीसम्बन्धी चर्चित गीतमा मुग्ध भएका हुन् । 

साक्षी पौडेलले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोमा स्वामी अरुण आनन्द पनि देखिन्छन् । स्वामी अरुणले पनि आफ्ना भक्तहरु नाचेपछि ताली बजाउँदै खुशी व्यक्त गरेको देखिन्छ ।

त्यसअघि द्यौसी भैलो टोलीले त्यस्तै गीतमा नृत्य प्रस्तुत गरेको थियो ।

टिप्पणीहरू