भारतीय वायुसेवाको विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेवाको विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको मिग २९ विमान दुर्घटनामा परेको छ । नियमित प्रशिक्षणका क्रममा उत्तर प्रदेशको आगरा नजिकै दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सुरक्षित रहेको बताइएको छ ।

भारतीय वायुसेनाका अनुसार विमान दुर्घटनाग्रस्त भएको स्थानमा पनि कुनै भौतिक वा मानवीय क्षति नभएको जनाइएको छ । दुर्घटनाको कारण पत्ता लगाउन वायु सेनाले आवश्यक अनुसन्धान थालेको छ ।

टिप्पणीहरू