भैलो खेलिरहेकालाई बसले यसरी दियो ठक्कर

भैलो खेलिरहेकालाई बसले यसरी दियो ठक्कर

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन दर्जन घाइते भएका छन् । 

भूमिकास्थान वडा नम्बर ५ र ६ को सिमानामा पर्ने जयठाटीमा हिजो साँझ ५ बजेतिर देउसी-भैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नम्बरको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । सन्धिखर्कबाट प्युठान जाँदै गरेको उक्त बसले भैलो खेलिरहेकाहरुलाई सोहोरेर केही मीटर परसम्म पुर्याएको थियो । 

प्रहरीका अनुसार दुर्घटनामा भूमिकास्थान नगरपालिका वडा नम्बर-६ फूलबारीकी २२ वर्षीया तारा श्रेष्ठ र ढाकाबाङकी ७० वर्षीया रुनी खनालको मृत्यु भएको हो । घाइतेको बुटवल र अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
 

टिप्पणीहरू