मानव तस्करीको आरोपमा एमाले नेता पक्राउ, काठमाडौं ल्याउने तयारी
मानव तस्करी गरेको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको बताइन्छ ।
एमाले प्रदेश कमिटीको निर्णय र हिजो बसेको सचिवालय बैठकले निलम्बन गर्ने निर्णय अनुमोदन गरेपछि अधिकारीलाई आज पक्रेको हो । जापानको अध्यागमनबाट फकाईएपछि उनले गत साता मन्त्री पदबाट राजीनामा गरेका थिए ।
उक्त प्रकरणमा पक्राउ परेका छ जनामाथि काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।
टिप्पणीहरू