एसबिआई बैंक विद्यार्थीलाई सहज रुपमा कर्जा दिन तयार
उच्च अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई सहज रुपमा कर्जा उपलब्ध गराउन नेपाल एसबिआई बैंकले एईसी ग्लोबल नेपाल प्रालिसँग समझदारी गरेको छ । बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र ग्लोबल प्रालिका निर्देशक अजित सिंहले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई सहज रुपमा शैक्षिक कर्जा प्रदान गर्न आवश्यक प्रक्रियालाई सहज बनाइने बैंकले जनाएको छ ।
एसबिआई बैंकले आफ्ना देशभर एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू