प्रधानमन्त्रीसँग भेटका लागि समय माग्दै रविका सांसदहरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने तयारी गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा ज्ञापनपत्र बुझाउने उपसभापति डीपी अर्यालले जानकारी दिएका छन् ।
ज्ञापनपत्र बुझाउन रास्वपा सांसदहरूले प्रधानमन्त्रीसँग समय मागेको बताइन्छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समयबारे कुनै खबर नआएको अर्यालले बताए ।
सरकारले राजनीतिक प्रतिशोध साँध्दै आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेको रास्वपाको आरोप छ । यसबीचमा उसले पोखरा र भैरहवामा आन्दोलन जारी राखेको छ ।
टिप्पणीहरू