दलित सशक्तिकरणमा नेपाली काँग्रेस सक्रिय
नेपालीको काँग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको उक्त विभागमा आज १० जनालाई मनोनीत गर्नुभएको छ ।
उहाँले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम १० सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
तेह्रथुमका रामकृष्ण लकान्द्री, दैलेखका दीपक सोनी, बाराकी कलावली पासवान, चितवनका विपेन्द्र रामुदामु, डोटीका कुमार टेलर, धादिङकी शान्ता सुनार, काठमाडौंका प्रकाश घतानी, पाल्पाका सुनिल बुढाथोकी, कैलालीकी कुमारी सार्की र गोरखाका केदार गान्धारीलाई सदस्यमा मनोनयन गरिएको छ ।
टिप्पणीहरू