परिवार दलका एमाले सांसद फेरि विदेश, पाए ‘घुमुवा माननीय’ को विशेषण
स्वदेशमा भन्दा विदेशमा धेरै समय बिताउँदै आएका नेकपा एमालेका सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल कम्बोडिया गएका छन् । सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू–४३९ बाट उनी आज सिंगापुर हुँदै कम्बोडिया गएको बताइएको छ ।
होलिवाइन उपनामले समेत प्रख्यात ढकाल परिवार दलको अध्यक्ष हुँदाहुँदै एमालेमा पोलिटब्यूरो सदस्य छन् । फिलिपिन्स ससुराली मुलुक भएका उनी हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलिया, भारत, फिलिपिन्स नियमित जाउआउ गर्छन् ।
सँधैजसो विदेशमा हुने भएकाले एमालेकै नेता तथा कार्यकर्ताले ढकाललाई ‘घुमुवा माननीय’ को दर्जा दिएको बताइन्छ । उनीहरुले अनौपचारिक कुराकानीमा ढकालको नाम उच्चारण नगरी ‘घुमुवा माननीय’ भन्ने गरेका हुन् ।
टिप्पणीहरू