घुस्याहा प्रशासकीय अधिकृतविरुद्ध अदालतमा मुद्दा
घुससहित पक्राउ परेका बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहउपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले गत कात्तिक ८ गते साहलाई ७८ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस बुझेको खुलेको आयोगले जनाएको छ । अख्तियारले दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ७८ हजार रुपैयाँ बिगो माग गरिएको छ ।
टिप्पणीहरू