काठमाडौं-१६ मा कांग्रेसबाट पाठक लड्ने

काठमाडौं-१६ मा कांग्रेसबाट पाठक लड्ने

सत्तारुढ नेपाली कांग्रेसले काठमाडौं-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । 

उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि आज बिहान बसेको निर्वाचन संसदीय समितिको बैठकले वडा सभापतिसमेत रहेका उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

यहाँ एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर र रास्वपाका रोजिना श्रेष्ठ उम्मेदवार छन् । एकीकृत समाजवादीका मानन्धरलाई माओवादी केन्द्रले सघाउने सहमति भएको छ । 

२०७९ को स्थानीय तह निर्वाचनमा यो वडामा कांग्रेसबाट मुकुन्द रिजाल निर्वाचित भएका थिए । गत वर्ष भदौमा उनको निधन भएसँगै रिक्त पदमा मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

टिप्पणीहरू