प्रधानमन्त्री कार्यालयमा जासुसको पल्टन

प्रधानमन्त्री कार्यालयमा जासुसको पल्टन

राष्ट्रिय सुरक्षा कायम गर्न सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभागका डिआइजीलाई पहिलोचोटि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा कोठा छुट्याएर काज खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश हेर्ने डिआईजी किशोर श्रेष्ठलाई अस्तिदेखि आफ्नै कार्यालयमा जिम्मेवारी दिएर राख्नुभएको छ । 

वर्षौंसम्म गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग र  अर्थअन्तर्गतका सम्पत्ति शुद्धिकरण अनुसन्धानसहित राजश्व अनुसन्धान विभागको कार्यसम्पादनलाई प्रभावकारी बनाउन भन्दै यसअघि प्रधानमन्त्री हुँदा केपी ओलीले नै आफूसँगै गुप्तचर टोली राखेर दैनिक देशभरका सूचना संकलन गर्न लाग्नुभएको हो  । प्रधानमन्त्रीको निर्णयबमोजिम अनुसन्धान निर्देशक श्रेष्ठ धनगढीबाट सिंहदरबार आइसकेका छन् । स्रोतका अनुसार, उनीमातहत खटिने टोली भने गठन हुन बाँकी छ । 

उता बालुवाटारस्थित प्रधानमन्त्री निवासको सुरक्षार्थ एसपी लक्ष्मी पौडेलको कमाण्डमा छुट्टै टोली खटाइएको छ । श्रेष्ठ यता आएपछि सुदूरपश्चिम हेर्न एसएसपी नवीन अधिकारी पुगेका छन् । जबकि डिआइजी कृष्ण खनाल जिम्मेवारी नपाउँदा कन्ट्रोलमा थन्किएका छन् । हाल राष्ट्रिय अनुसन्धानमा एसपी सरुवाको मेलो छ ।
 

टिप्पणीहरू