पूर्व सभामुखको राजकीय सम्मानका साथ अन्त्येष्टि (फोटो फिचर)

पूर्व सभामुखको राजकीय सम्मानका साथ अन्त्येष्टि (फोटो फिचर)
सुन्नुहोस्

पूर्व सभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिनाथस्थित आर्यघाटमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा १७ तोपको सलामी अर्पणसँगै ढुंगानाको पार्थिव शरीरमा उनका छोराले दागबत्ती दिएका हुन् ।

हिजो दिउँसो निधन हुनुभएका ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा ठूलो संख्यामा सर्वसाधारण आर्यघाट पुगेका थिए ।

तस्बिरहरु

टिप्पणीहरू