एमाले नेताको यौन उत्पीडनमा परेकी युवतीद्वारा अदालतअगाडि आत्मदाह प्रयास

एमाले नेताको यौन उत्पीडनमा परेकी युवतीद्वारा अदालतअगाडि आत्मदाह प्रयास
सुन्नुहोस्

एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष ऐन महरद्वारा पीडित भनिएकी सुदूर पश्चिमकी बिबाहित महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छन् ।

बझाङ्गे युवा नेता महरले लामो समयसम्म आफूलाई बिहे गर्छु भनी यौन शोषण गर्दै आएको उजुरीसहित पार्टी अध्यक्ष केपी ओलीसमक्ष पटकपटक रुन बालकोट गएकी उनी आफ्ना कुराको सुनुवाइ नभएपछि साइबर ब्युरो र अदालत धाएकी थिइन् । 

आफै पनि बिबाहित महरलाई एमालेले एक महिने निलम्बन तुरुन्तै फुकुवा गरी पछिल्लो उपचुनावमा सघाउन बझाङ्ग पठाएको थियो ।

टिप्पणीहरू