अध्यक्षले हटाउन खोजेका सांसदलाई पदबाट नहटाउने सभामुखको निर्णय
डा.सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद गोमा लाभ सापकोटाको पद कायम रहने भएको छ । उनलाई सांसद पदबाट हटाउन पार्टी अध्यक्ष राउतले गरेको सिफारिसलाई सभामुख देवराज घिमिरेले नहटाउने निर्णय गर्नुभएको बताइएको छ ।
संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार पार्टी अध्यक्षको चाहना कानुन र नियमविपरित भएकाले गोमाको पद कायम रहने निर्णय भएको हो ।
यसअघि अध्यक्ष राउतले सांसद लाभले ठेकेदारसँग अवैध ढंगले पैसा असुलेको, पार्टी फुटाउन खोजेको भन्दै सांसद पदबाट हटाउन सिफारिस गरेका थिए । तर, लाभले आफूमाथि लागेको आरोप पुष्टि गर्न रावतलाई चुनौती दिँदै आएकी छन् ।
टिप्पणीहरू