हेटौंडा जाँदै गरेको माइक्रोबसमा अमेरिकी डलर र युरोको बिटो

हेटौंडा जाँदै गरेको माइक्रोबसमा अमेरिकी डलर र युरोको बिटो

जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रा फेला पारेको छ । प्रहरीले तीन जना भारतीयको साथबाट ३२ हजार अमेरिकी डलर र १४ हजार युरो बरामद गरेको जनाएको छ ।

भारतको उत्तर प्रदेश, गोरखपुरका प्रशान्त पाठकको साथबाट १४ हजार युरो, उत्तर प्रदेशकै विजयसिंह कुशबाहको साथबाट १२ हजार अमेरिकी डलर र राजस्थनका राहुल कुमार माण्डवातको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको हो । बरामद विदेशी मुद्राको आजको विनियमदर अनुसार नेपाली रुपैयाँ झण्डै ६३ लाख हुन आउँछ ।

काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०७६५ नम्बरको भाडाको माइक्रोबसमा रहेका भारतीय नागरिकहरुबाट उक्त परिमाणको विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको निम्ति राजश्व अनुसन्धान कार्यालय, ललितपुर पठाइएको छ ।

टिप्पणीहरू