घण्टीको कार्यालयमा पत्रकारहरुलाई निम्तो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन गर्न लागेको छ । पार्टी मुख्यालय बालाजु, बनस्थलीमा दिउँसो ३ बजे पत्रकार भेटघाट राखिएको जनाइएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानको निम्ति काठमाडौं ल्याईंदै छ । सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणमा संलग्न भएको आरोपमा उनीमाथि पोखरा र भैरहवामा प्रहरीले बयान लिइसकेको छ ।
उनीमाथि पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको हो । उक्त नेटवर्कका जिबी राई, उपाध्यक्ष छविलाल जोशीलगायत संलग्न रहेको भनिएको सहकारी प्रकरणमा राई फरार छन् । जोशी रविसँगै कास्की प्रहरीको हिरासतमा छन् ।
टिप्पणीहरू