लीलाबल्लवले उन्मुक्ति पाएको मानव तस्करी प्रकरणमा तीन जना कारागार चलान
कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लव अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा तीन जना थुनामा गएका छन् ।
जिल्ला अदालत काठमाडौँले उक्त अभियोगमा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
एमाले प्रदेश सांसदसमेत रहेका अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरिएको यो प्रकरणका अन्य तीनजना धरौटीमा छुटेका छन् । दुई जनालाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
टिप्पणीहरू