यसरी सिकाए भारतीयले नेपालीलाई सुन तस्करीको नयाँ उपाय

यसरी सिकाए भारतीयले नेपालीलाई सुन तस्करीको नयाँ उपाय

युएईको दुबईबाट काठमाडौं आएका एक जना यात्रुले ल्याएको अवैध सुन बरामद गरिएको छ । एयर अरेबियाको उडान नम्बर जी ९५६३ बाट हिजो आएका चितवनका आशिष सुवेदीले एक किलोभन्दा बढी सुन कण्डमभित्र राखेर ल्याएको अवस्थामा फेला परेको बताइएको छ ।

पिए ०६३९८५९ नम्बरको राहदानी बोकेका २३ वर्षे सुवेदीले कण्डम भित्र हालिएको अर्ध ठोस अवस्थाको सुनको डल्लोलाई आफ्नो मलद्वारमा घुसारेका थिए । भन्सारको एक्सरेमा फेला परेको ११८० ग्राम सुन सुवेदीलाई नजिकैको शौचालयमा लगेर झिकिएको थियो ।

सुन बरामद र आफू पक्राउ परेपछि उनले उक्त सुन भारतीय नागरिकले नेपालमा रहेका सुन व्यापारीको निम्ति पठाएको बयान दिएका थिए । सुवेदीको मोबाइलबाट सुन लिन आउनेले नेपाली एक सय दरको नोट साथमा ल्याउने र दुबईमा टिपाइएको नम्बर मिलेमा सुन हस्तान्तरण गर्ने उपाय सिकाइएको प्रमाण प्रहरीले फेला पारेको छ ।

उनलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाको निम्ति महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।

टिप्पणीहरू