प्रधानमन्त्री बेइजिङ पुगेलगत्तै एकपछि अर्को सहमति
नेपाल र चीनबीच विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणको क्रममा हिजो राति बेइजिङ पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा भएको दुईपक्षीय भेटवार्तापछि विभिन्न सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
दुबै मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा भएको आपसी सहकार्यसम्बन्धी सहमति र समझदारीमा टोखा छहरे सुरुङ मार्गको निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, बसन्तपुरको नौतले दरबार पुननिर्माण, प्रशोधित मासु चीन निर्यात, विभिन्न विकास निर्माण, आर्थिक तथा प्राविधिक सहयोगसँगै चीनले नेपाललाई गर्ने नगद सहयोगबारे विस्तृत रुपमा उल्लेख छ ।
त्यस्तै चीनले स्वयंसेवी चिनियाँ भाषा शिक्षक नेपाल पठाउने, एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी आदानप्रदान गरिने विषय पनि समझदारीपत्रमा समेटिएको छ ।
टिप्पणीहरू