पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्रीको सम्बोधन (फोटो फिचर)
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
सम्बोधनमा उहाँले बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) बाट नेपालले लाभ लिने र नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपति सी चिनफिङको दूरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास प्रधानमन्त्री ओलीले लिनुभएको छ ।
प्रधानमन्त्री ओलीले पुरानोमध्येको एक पेकिङ विश्वविद्यालयले नेपालको शैक्षिक विकासमासमेत योगदान दिनसक्ने अपेक्षा गर्नुभएको छ । सम्बोधनअघि प्रधानमन्त्रीलाई विश्वविद्यालयका अध्यक्ष प्रा.गोङ छिहुङले स्वागत गर्नुभएको थियो ।
तस्बिरहरुः
टिप्पणीहरू