दोलखाको घरमा बास बसेकालाई मारेपछि फरार प्रतिवादी काठमाडौंमा पक्राउ

दोलखाको घरमा बास बसेकालाई मारेपछि फरार प्रतिवादी काठमाडौंमा पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले डेढ दशकपछि समातेको छ । दोलखाको वैतेश्वर गाउँपालिका–१, घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्दै आएकी ४७ वर्षीया कमला गोले तामाङ १५ वर्षपछि पक्राउ परेकी हुन् । 

२०६७ असोज २० गते दोलखा साविक गैरीमुदी गाविस–३, स्थित आफ्नो घरमा बास बसेका विरबहादुर तामाङको उनले शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेकी थिइन् । उक्त मुद्दामा ०७२ भदौ ११ गते सर्वोच्च अदालतले कमलालाई १२ वर्ष कैद सजाय सुनाएको थियो । 

सर्वोच्चको फैसलालगत्तै उनी फरार भएकी थिइन् । उनलाई गोप्य सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो । उनलाई फैसला कार्यान्वयनका निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

टिप्पणीहरू