गृहमन्त्रीको पिए बनेर थर्काउँदै हिँडेका विष्ट प्रहरी खोरमा

गृहमन्त्रीको पिए बनेर थर्काउँदै हिँडेका विष्ट प्रहरी खोरमा

गृहमन्त्री रमेश लेखकको ‘पिए हुँ’ भन्दै विभिन्न निकायमा फोन गरेर धम्क्याउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्रीको नाममा विभिन्न प्रशासनिक निकायमा फोन गरेर फाइदा उठाउन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्ट आज काठमाडौंमा समातिएका हुन् । नक्कली पीए विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 

पिएको भेषमा अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि गृहमन्त्री लेखकको सचिवालको आग्रहमा विष्टलाई पक्राउ गरिएको जनाइएको छ । सचिवालयले विभिन्न क्षेत्रमा पिए÷सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सतर्क रहन आग्रह गरेको छ ।

टिप्पणीहरू