वाइडबडी विमान खरिद प्रकरणमा नेता निर्दोष, प्रशासकहरु दोषी
विशेष अदालतले वाइडबडी वाइडबढी विमान खरिदमा भ्रष्टाचार भएको जनाएको छ । अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारीसहित चार जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ।
विशेष अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र निगम सञ्चालक समितिका सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको छ । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायतालाई सफाइ दिएको छ ।
अदालतको फैसलामा महाप्रबन्धक कंसाकारलाई २ वर्ष ६ महिना, अध्यक्ष अधिकारीलाई १ वर्ष ९ महिना, सदस्यहरु ढुंगाना र लामिछानेलाई समान १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
टिप्पणीहरू