प्रधानमन्त्रीलाई किड्नी दिने बुहारीको कथा

सिंहदरबारमा सधैं जसको चित्कार सुनिन्छ

प्रधानमन्त्रीलाई किड्नी दिने बुहारीको कथा
सुन्नुहोस्

पार्टीको जिम्मेवारी र महत्वपूर्ण राजकीय भूमिकामा मात्र होइन स–साना नियुक्तिमा पनि झापालीले अवसर पाएको गुनासो एमाले वृत्तमा सुनिन्छ । तर, यसरी बाहिरका मान्छेलाई मनखुशी अवसर दिने प्रधानमन्त्री केपी ओली आफैँलाई मिर्गाैला दान गर्ने भाइ–बुहारीप्रति भने अनुदार बनेको आरोप छ । 

ओलीले ०६३ सालमा परराष्ट्रमन्त्री बनेलगत्तै पहिलोपटक अञ्जना घिमिरेसँग मिर्गाैला लिएर दिल्लीमा प्रत्यारोपण गराउनुभएको थियो । ओलीको काकाका छोरा तारा शर्माकी श्रीमती हुन् उनी । आफूले मिर्गाैला दिएर बचाएका जेठाजु देशकै शक्तिशाली पदमा रहँदा उनै अञ्जना भने जागिर माग्दै एमालेका मन्त्रीहरूकोमा हारगुहार गर्न पुग्ने गरेको विषयले यतिबेला एमाले वृत्त तरंगित छ । 

अञ्जना विद्या भण्डारी राष्ट्रपति भएका बेला सात वर्षसम्म शीतलनिवासमा सहायक कम्प्युटर अपरेटर थिइन् । भण्डारीको कार्यकाल सकिएर रामचन्द्र पौडेलले सचिवालय टिम नै परिवर्तन गरेपछि उनको जागिर गएको पौने दुई वर्ष भयो । त्यसपछि बेरोजगार बनेकी उनी रोजगारीका लागि कहाँ मात्र पुगिनन् ! छोराछोरी हुर्किसके, पतिको खासै इलम छैन ।

सानो दोकानले खासै आम्दानी दिँदैन । बालुवाटारमा सितिमिति छिर्न पाइन्न । चितवन, भरतपुरको पार्टी राजनीतिमा लाग्दालाग्दै सम्पत्ति सिध्याएको माइती खलक पनि सधैं भरथेग गर्ने अवस्थामा छैन । ४ छोरीका पिता बुबा ध्रव घिमिरे आफैंं किड्नीका बिरामी हुन् ।

यस्तोमा उनको दुर्दभरि कहानी सुनेपछि सिंहदरबारस्थित कुनै एक मन्त्रालयका सचिव भन्छन्– प्रधानमन्त्रीज्यू यति साह्रै निर्दयी त नबने हुने नि !

 

टिप्पणीहरू