रविलाई पोखरा विमानस्थलबाट सोझै अदालत लगिँदै

रविलाई पोखरा विमानस्थलबाट सोझै अदालत लगिँदै
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै छ । अदालतले यसअघि दिएको चार दिनको म्याद सकिएपछि लामिछानेलाई वीरगञ्जबाट सिमरा हुँदै हवाई उडानमा केहीबेरमा पोखरा लगेर कास्की जिल्ला अदालतमा पेश गर्ने तयारी छ । 

अस्ति अपरान्ह पोखराबाट काठमाडौं हुँदै सिमरासम्म विमानमा र त्यसपछि गाडीमा पर्सा पुर्याइएका लामिछानेको हिजो बयान लिइएको थियो । उनी वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानमा पनि तानिएका हुन् ।

रविलाई सिमराबाट पोखरा लैजाने भएपछि पृथ्वी चोकमा कार्यकर्ताले प्रदर्शनको तयारी थालेका छन् । रास्वपा नेताहरुले प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
 

टिप्पणीहरू