एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही

एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सको दुरुपयोग गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । एम्बुलेन्स दुरुपयोगको गुनासो प्राप्त भएको जनाउँदै मन्त्रालयले अनुगमनको क्रममा प्रमाणित भएमा निलम्बनदेखि दर्ता खारेजसम्म गरिदिने बताएको छ । 

मन्त्रालयले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८’ का प्रावधानहरु अनिवार्य रुपमा पालना गर्दै एम्बुलेन्स सञ्चालन गर्न आग्रह गरेको छ । ‘हाल देशका विभिन्न स्थानहरुमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासोहरु प्राप्त भइरहेकाले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुगमन गर्दा एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था छ ।’

एम्बुलेन्सको दुरुपयोग भएको थाहा पाउनेले मन्त्रालयलाई जानकारी गराउन सक्नेछन् ।

टिप्पणीहरू