गौशालामा के गर्दैछन् विप्लवका मान्छे ?

गौशालामा के गर्दैछन् विप्लवका मान्छे  ?
सुन्नुहोस्

नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले कपिलवस्तु शिवगढीमा छाडा चौपाया बटुलेर गौशाला सञ्चालनमा ल्याएको छ । गौशालामा १५० वटा गाई–गोरु छन् ।

कपिलवस्तु जिल्लामा ३ हजार छाडा चौपाया भएको अनुमान गरिएको छ । छाडा चौपायको कारण सडक दुर्घटना हुने, बालीनाली क्षति हुने समस्याले जनता पीडित भएको अवस्था थियो ।

२०० गाई पाल्न वार्षिक २५ लाख खर्च हुने गरेको युवा सङ्गठन नेपालले जनाएको छ । मल,दूध,गोरु बिक्री र नगरपालिकाको अनुदानसमेत गरेर गौशालाले वार्षिक ५ लाख नाफा कमाइरहेको युवा नेता गणेश सिले बताए ।

१० जना युवाले रोजगारी पाएको गौशालामा नजिकै ३ बिघा जग्गा भाडामा लिएर खेती पनि गरिरहेको उनको भनाई छ ।  

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू