औषधि बिक्रीमा लापरबाही, दुई यादवमाथि कारबाही

औषधि बिक्रीमा लापरबाही, दुई यादवमाथि कारबाही

चिकित्सकको प्रेस्क्रिसनबिना औषधि बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ललितपुरको ग्वार्कोस्थित प्रभात माध्यमिक विद्यालयको भवनमा सञ्चालित ‘राधा कृष्णा मेडिकल’ मा कार्यरत इमाडोल बस्ने सप्तरीका उमेशप्रसाद यादव र काठमाडौंको सिनामंगल बस्ने सर्लाहीका धिरेन्द्रकुमार यादव समातिएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले चिकित्सकको अनुमतिबेगर औषधि बिक्रीवितरण गरेको पाइएपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बताइन्छ । 

प्रहरीले प्रिग्यालिक एक हजार ७१५ ट्याब्लेट, ड्रिकोलिक एक हजार ८४० ट्याब्लेट र एन्टीकोफ एक हजार १४० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

टिप्पणीहरू