काँग्रेस सांसदले मन्त्रीमाथि आरोप लगाएको क्यासिनोमा बलिउड हिरोइनहरु
भैरहवा आएका बलिउड अभिनेत्री सन्नी लियोनी र इशा गुप्ता स्वदेश फर्किएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा रहेको पाँच तारे रोयल टाइगर प्यालेस रिसोर्टको क्यासिनोमा प्रस्तुती दिएर उनीहरु हिजो भारत फर्केको बताइन्छ ।
उक्त क्यासिनोले मंहगो पैसा तिरेर सन्नी र इशालाई बिहीबार नेपाल ल्याएको स्रोतको दाबी छ । उनीहरुले क्यासिनोमा प्रस्तुती दिएको भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएको छ । क्यासिनो पुगेका भिआइपी पाहुनाहरुको मनोरञ्जनको निम्ति उनीहरुले प्रस्तुती दिएका हुन् ।
सन्नी यसअघि पनि एउटा फेशन शो र कस्मेटिक ब्राण्ड उद्घाटनको निम्ति नेपाल आएकी थिइन् । त्यतिबेला उनको राम्रै चर्चा भएको थियो । तर यसपटक क्यासिनोले सुटुक्क ल्याएर सुटुक्कै स्वदेश फर्काएपछि मात्रै उनको नेपाल आगमनबारे खुलेको हो ।
रोयल टाइगर त्यही क्यासिनो हो, जसको इजाजत पत्रमामा पर्यटनमन्त्री बद्री पाण्डेले चलखेल गरेको आरोप कांग्रेस सांसद राजेन्द्र बजगाईँले लगाएका थिए । भोलिपल्ट उनले पार्टीभित्र आत्मालोचना गरेपछि उक्त विषय साम्य भएको थियो । बजगाईं आफैँ पनि पर्यटन व्यवसायी हुन् । उनले पछिल्लो पटक काठमाडौंको गैह्रीधारा र बालुवाटारको बीचमा वर्णबास होटल खोलेका छन् ।
टिप्पणीहरू