कजाकिस्तानमा विमान दुर्घटना, ठूलो हताहतीको आशंका

कजाकिस्तानमा विमान दुर्घटना, ठूलो हताहतीको आशंका

कजाकिस्तानमा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । ६७ यात्रु र पाँच जना क्रु मेम्बर सवार जहाज दुर्घटनामा ४२ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अजरबैजान एयरलायन्सको उक्त जहाज आज बिहान अक्ताउ शहरमा खसेको हो । उद्धार टोली घटनास्थलमा पुगेको र अहिलेसम्म २५ जनाको उद्धार गरिएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । 

एम्ब्रेयर १९० मोडलको उक्त जहाज अजरबैजानको बाकुबाट रुसको चेचन्या प्रान्त उडेको बताइन्छ । तर, मौसम खराबीको कारण जहाजले रुट परिवर्तन गरेको थियो । बताइएअनुसार जहाजले आकस्मिक अवतरण गर्नुअघि अक्ताउ एयरपोर्टलाई आकाशमै तीन चार फन्को लगाएको थियो । 

सोहीक्रममा चराको हुलसँग ठोक्किएपछि दुर्घटना भएको अनुमान गरिएको छ । तथापि, कजाकिस्तानको हवाई मन्त्रालयले दुर्घटनाको कारणबारे अनुसन्धान गरेर चाँडै सार्वजनिक गर्ने बताएको छ ।

टिप्पणीहरू