घरमै घुस बुझेका ट्राफिक प्रमुखलाई अदालतमा उभ्याईंदै

घरमै घुस बुझेका ट्राफिक प्रमुखलाई अदालतमा उभ्याईंदै

घुससहित समातिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगको बुटवलबाट खटिएको टोलीले गत मंसिर १७ गते उनलाई रोल्पा नगरपालिका–४, स्थित निवासमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा सवारीसाधन आवतजावतमा सहजीकरणको प्रलोभनमा घुस मागेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू