भुटानी राजाका सासू–ससुरा फर्के, गृहमन्त्री रोकिए
भुटानी राजा जिग्मे खेसार नाम्ग्यालका सासू–ससुरा तथा रानी जेत्सुन पेमाका मातापिता स्वदेश फर्केका छन् । गृहमन्त्री छिरिङसहित राजाका ससुरा याब ढोन्डुप ग्याल्सेन र सासू यम सोनाम चुकी १२ सदस्यीय टोलीसँगै गत शुक्रबार बिहान काठमाडौं आएका थिए ।
उनीहरु आज बिहान १० बजे ड्रुक एअरको उडान नम्बर केबी ४०१ मा काठमाडौंबाट पारो गएका हुन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बसेका ती पाहुना स्वयम्भू पछाडिको ह्वाइट गुम्बामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । गृहमन्त्री छिरिङ पर्सि मात्र स्वदेश फर्कने बताइएको छ ।
गुम्बामा आयोजित पाँच दिने दसौं वार्षिक डुक्पा काउन्सिलको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट शनिबार गराइएको थियो ।
टिप्पणीहरू