बालिकाको गोप्य अंग छोएका पास्टरविरुद्ध उजुरी

बालिकाको गोप्य अंग छोएका पास्टरविरुद्ध उजुरी सांकेतिक तस्वीर

येशुले मुक्ति दिनुहुन्छ भन्दै बालिकाहरुको गोप्य अंग छुने गरेका एकजना पास्टरविरुद्ध जिल्ला प्रशासन कार्यालय, सुनसरीमा उजुरी परेको छ । पीडित दुई बालिकाले धरानस्थित होसना बापटिस चर्चका पास्टर डेबिड लिम्बू (नाम परिवर्तन)विरुद्ध उजुरी दिएका हुन् । 

पुष १० गते क्रिसमस मनाउने क्रममा पास्टर लिम्बूले आफूहरुको गोप्य अंग छोएको र नांगो भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको बालिकाहरुको आरोप छ । ‘नाटक देखाउने क्रममा बगैँचामा डुल्नेबेलामा नांगै डुल्नु भनेर हामीले नमान्दा नमान्दै जबर्जस्ती कपडा खोल्न लगाइयो’, उजुरीमा भनिएको छ, ‘नाटकको तयारी थाल्दा एक्लै कोठमा जबर्जस्ती गर्ने, शरीर छाम्ने, गोप्य अंग छुने र धेरै पटक यसो नगर्नु भन्दा येशुले तिमीहरुलाई मुक्ति दिनुहुन्छ भनेर फर्काइयो ।’

पास्टर लिम्बूले बालिकाहरुको नांगो भिडियो पोर्न साइटमा समेत राखेको र आफन्त तथा परिवारलाई पठाइदिएको पनि उजुरीमा उल्लेख छ । उक्त भिडियोको कारण मानसिक यातना भएको भन्दै बालिकाहरुले थप भनेका छन्, ‘भिडियो साथी र परिवारलाई पठाएर हामीलाई ज्यादै मानसिक तनाब भएको छ । पढ्न, निदाउन र खानपिन गर्न पनि समस्या भएको छ । हाम्रो भिडियो पोर्नसाइटमा राखेर पनि बेइज्जत गरिएको छ ।’

बालिकाहरुले पास्टरलाई तत्काल कारवाहीको दायरमा ल्याउन माग गरेका छन् । त्यस्तै, उनीहरुले मानव अधिकार आयोगको प्रदेश कार्यालय र महिला आयोगमा पनि उजुरी दिएको बताएका छन् ।

टिप्पणीहरू