दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई पक्राउ गरिँदै
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । दक्षिण कोरियामा पहिलो पटक कुनै पनि राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको यो पहिलो पटक हो ।
उच्च अधिकारीहरुको छानबिन गर्ने भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा रा सियोल पश्चिमी जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । डिसेम्बर ३ तारिखका दिन अप्रत्याशित रुपमा राष्ट्रपतिको नाममा सम्बोधन गर्दै राष्ट्रपति योलले सैन्य कानुन ‘मार्शल ल’ घोषणा गरेका थिए । व्यापक विरोधपछि उनले करिब छ घण्टामा उक्त कानुन फिर्ता लिएका थिए ।
विपक्षी पार्टीले दोस्रो पटक संसदमा राष्ट्रपतिविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावमा सत्ता पक्षले समर्थन गरेपछि राष्ट्रपति योल निलम्बित भएका हुन् ।
टिप्पणीहरू