दम्पतीको नाक काट्ने बहुमतका कार्यकर्ता पक्राउ
स्थानीय एक दम्पतीको नाक काटेको आरोप लागेका धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) दाङका सेक्रेटरी अमर खड्का समातिएका छन् ।
दाङको घोराही उपमहानगरपालिका-१५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको अभियोगमा उनलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
गत मङ्सिर ६ गते घोराहीको मुख्यबजार क्षेत्र बिपी चोक नजिकै हिंडिरहेका बेला बस्नेत दम्पतीको नाक काटिएको थियो । मीटरब्याजीलाई जनकारवाही गर्ने पार्टीको नीतिअनुरुप उक्त घटना घटाएका र त्यसपछि फरार रहेका खड्कालाई घोराही–१९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेकपा बहुमतले बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग मीटरब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाही गरेको दावी गरेको छ ।
टिप्पणीहरू