ऋषि धमलामाथि पहिले बात लगाएका युट्युबर अहिले समातिए
विवादित युटुबर मनोजकुमार महतो उर्फ मनोज मानव पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
महतोलाई अभद्र व्यवहारको कसूरमा पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाईंदैछ ।
युटुबर महतो यसअघि पनि चरित्रहत्या र विद्युतीय कारोबारको कसूरमा पक्राउ परेका थिए । तर त्यतिबेला उनी एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।
‘स्टार अनलाईन टिभी’ नामक युट्युब चलाउने महतोमाथि महिलाहरूसँग उनीहरूको गोप्य अडियो तथा भिडियो देखाएर ब्ल्याकमेलसँगै चरित्र हत्या गरेको आरोप लाग्दै आएको छ । त्यस्तै, ‘पत्रकार ऋषि धमलाले पैसा उठाउन निर्देशन दिएको’ भन्ने अभिव्यक्तिको कारण पनि उनी विगतामा विवादमा तानिएका थिए । यद्यपि, त्यसबारे पत्रकार धमलाले खण्डन गरिसकेका छन् ।
टिप्पणीहरू