नेपाल प्रहरीमा खै के, खै के ?
नेपाल प्रहरीमा राम्रालाई छान्ने कि वरिष्ठलाई तान्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । हेडक्वार्टरमा कार्यरत एसपी कमल थापा र प्रकाश रानाभाट बढुवा सूचीमा सबैभन्दा अगाडि छन् । रानाभाट एसपी हुञ्जेल पढ्नका लागि बेलायत बसेका थिए । उनीहरूकोे ठाउँमा गृहमन्त्री रमेश लेखकको गाउँले मतदाता रहेकाहरूलाई उकाल्ने तयारी भइरहेको बताइन्छ । यस्तो जोडबलका साथ दावेबारी प्रस्तुत गर्नेमा पदम विष्ट र कर्मचारी प्रशासनका योगेन्द्र थापा रहेका छन् ।
यसैगरी, दुई एआइजीमा कुवेर कडायतको बढुवा पक्कापक्की भएको छ अर्कोमा डिआइजी रविन्द्र केसी र जनक भट्टराईमध्ये एक जना हुनसक्छन् । एआइजीमा बढुवा हुनेबित्तिकै पाँच डिआइजी पद रिक्त हुनेछ । सिनियरिटीलाई मात्रै ख्याल गर्ने हो भने ओम राना, ईश्वर कार्की, राजेन्द्र भट्ट, दिनेश आचार्य र अरुण पौडेल हुनेछन् ।
टिप्पणीहरू