काँग्रेसका तीन दर्जन विभागमा सचिव मनोनीत

काँग्रेसका तीन दर्जन विभागमा सचिव मनोनीत
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकै पटक तीन दर्जन विभागमा सचिव मनोनयन गर्नुभएको छ । उहाँले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका विभिन्न ३७ वटा विभागमा सचिव मनोनयन गर्नुभएको जनाइएको छ ।

प्रदेश समन्वय विभागको सचिवमा तनहुँका रघु काफ्ले, महिला विभागमा धादिङकी कविता इटनी, सूचना सञ्चार तथा प्रचार विभागमा महोत्तरीका गोपाल झा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा कैलालीकी समीक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा काठमाडौंका ध्रुव खड्का, पेशागत तथा बुद्धिजीवी विभागमा तेह्रथुमका विजय तुम्वाहाम्फे, तराई–मधेश समन्वय विभागमा पर्साका मनोजकुमार दासलाई सचिवमा मनोनयन गरिएको छ । 

यस्तै, सहकारी विभागमा नवलपरासी पश्चिमका चन्द्रप्रसाद ढकाल, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दैलेखका दीपक सोनी, धर्म–संस्कृति समन्वय विभागमा काठमाडौंका ईन्द्रमान तुलाधर, वित्तिय संस्था समन्वय विभागमा सल्यानका दिलमानसिंह चन्द, थारु विभागमा दाङका हल्लुप्रसाद चौधरी, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा गुल्मीका हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा अर्घाखाँचीका लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा रामेछापका एडी लामा, कानून विभागमा सुर्खेतका अधिवक्ता कलमबहादुर खत्री मनोनीत भएका छन् । 

खेलकुद विभागमा काठमाडौंका राजन केसी, शुभेच्छुक संस्था समन्वय विभागमा अर्घाखाँचीकी निर्मला क्षेत्री, संसदीय मामिला विभागमा काठमाडौंका वासु कार्की, गैरसरकारी संस्था समन्वय विभागमा गोरखाका प्रल्हादबाबु पन्त, आदिवासी जनजाति विभागमा दोलखाका पासाङ शेर्पा, भूपू सैनिक विभागमा काठमाडौंकी सुनिता लामिछाने, स्वास्थ्य विभागमा झापाका ईश्वर कार्की, पिछडिएको क्षेत्र समन्वय विभागमा धादिङका उत्तम सिम्खडालाई सचिवमा मनोनयन गरिएको छ । 

यसैगरी, आपूर्ति तथा उपभोक्ता विभागमा काठमाडौंका मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा काठमाडौंकै डीपी अर्याल, आर्थिक नीति तथा योजना विभागमा तनहुँका नवीन खनाल, विज्ञान तथा सूचना प्रविधि विभागमा गोरखाका सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्यक्ष–स्रोत केन्द्र विभागमा सुनसरीका विपिन किरण, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहीन अन्यवस्थित बसोबास समन्वय विभागमा डडेल्धुराका वीरेन्द्र थापा सचिवमा मनोनीत भएका छन् । 

व्यावसायिक सीप विकास विभागमा रौतहटका सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा मोरङका सुभाषप्रसाद लोहनी, साहित्य, कला तथा संस्कृति विभागमा ललितपुरका रिसवदेव घिमिरे, बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा महोत्तरीकी रञ्जिता यादव, मानव अधिकार विभागमा लमजुङका डा.वासुदेव गिरी र उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा काठमाडौंका खगेन्द्र आचार्यलाई सचिवलाई मनोनयन गरिएको जनाइएको छ ।

 

टिप्पणीहरू