मध्यरातमा क्याबिनेट बैठक : चर्चा एउटा, निर्णय अर्कै
गएराति बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आर्थिक गतिविधि सहज बनाउन केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।
सरकारले निर्माणक्षेत्रका केही अप्ठ्याराहरु हटाउन अध्यादेश ल्याएको जनाएको छ । गएराति नै भूमि र लगानीसम्बन्धी अध्यादेशबारे निर्णय गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गर्नुभएको थियो ।
प्रधानमन्त्री आली कानुनमन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्यालसहित राष्ट्रपति कार्यालय पुग्नु र राति क्याबिनेट राखिनुलाई राजनीतिक दल विभाजन सम्बन्धी ऐन २०७३ संशोधनका लागि अध्यादेश जारी हुने रुपमा हेरिएको थियो ।
सरकारले सरकारी सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको बताएकोछ । गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई नेपालमा रहँदा १० वर्षसम्म भिसा निःशुल्क गर्न लागिएको छ ।
सरकारले श्रमिकहरूको अवकाश उमेर बढाएर ६० वर्ष पुर्याएको छ । तर, निजामती विधेयक संसदीय समितिमा विचाराधीन छ । कर्मचारीको अवकाश उमेर कति वर्ष बनाउने भन्ने सम्बन्धमा चर्को मतभिन्नता छ ।
टिप्पणीहरू