काँग्रेस एमाले जाडोमा घाम ताप्नका लागि मिलेका होइनन् : काँग्रेस उपसभापति

काँग्रेस एमाले जाडोमा घाम ताप्नका लागि मिलेका होइनन् : काँग्रेस उपसभापति
सुन्नुहोस्

सत्तारुढ नेपाली काँग्रेस र एमालेबीच हिउँदमा घाम ताप्नैका लागि मात्र गठबन्धन नबनेको काँग्रेस उपसभापति धनराज गुरुडले बताएका छन् । मुलुका देखिएको आर्थिक संकट मोचनका लागि प्रमुख ठूला दुई दलबीच सात बुँदे सहमतिसहित सत्ता गठबन्धन भएको उनको भनाई छ । त्यसका लागि विगतका सहमति कार्यान्वयन हुनुपर्नेमा उपससभापति गुरुङले जोड दिएका हुन् । 

प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको प्रथम प्रदेश अधिवेशन उद्घाटनका लागि हिजो विराटनगर पुगेका गुरुडले भने ‘घाम ताप्न हैन संकट मोचनको लागि सात बुदे सहमति भएको हो । यसैले उक्त सहमतिमा ग्रहण लाग्न दिनुहुँदैन ।’  

गुरुङले संविधान संशोधनको कामलाई सत्ताधारी गठबन्धनले तीव्रता दिनुपर्नेमा विशेष जोड दिएका छन् । उनले  रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुने उल्लेख गरे । यसका लागि संविधान संशोधन अपरिहार्य रहेको उनले बताए ।

राजनीतिक दलको झण्डा बोक्दैमा कोही दुश्मन नहुने तर्क गर्दै उनले नेपालीको दुश्मन गरिबी,अभाव,भ्रष्टाचार,बेथिति रहेको तर्क गरे । उपसभापति गुरुङले प्रजातन्त्रको लागि लड्दा जिब्रोमा करेन्टको सजाय भोग्नु परेका पार्टी सभापति शेरबहादुर देउवासँग धेरै कुरा सिक्न सकिने जानकारी गराए ।

टिप्पणीहरू