लयमा फर्किंदै भूकम्पप्रभावित क्षेत्रको जनजीवन (फोटो फिचर)

लयमा फर्किंदै भूकम्पप्रभावित क्षेत्रको जनजीवन (फोटो फिचर) फोटो स्रोत : चाइना न्युज डट कम ।

चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको तिङरी काउण्टी र वरपरको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ । गत मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा १२६ जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएका थिए ।  

चीन सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १४ हजारभन्दा बढी सुरक्षाकर्मी, उद्धारकर्ता परिचालन गरेको थियो । लगातारको प्रयासपछि प्रभावितहरुको प्रारम्भिक पुनर्वास गरिएको छ । बिजुली, पानी, इन्टरनेट सेवा २४ घण्टाभित्रै पुनस्र्थापना गरिएको थियो ।

तिङरीको छाङसो गाउँका बालबालिकाहरू फुटबल खेलिरहेको दृश्यले पनि भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका जनजीवन पुरानै अवस्थामा फर्कन थालेको सहजै अनुमान गर्न सकिन्छ । 

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू