एमालेले माघ ७ गते माननीयहरुलाई टिप्स दिने

एमालेले माघ ७ गते माननीयहरुलाई टिप्स दिने
सुन्नुहोस्

नेकपा (एमाले) ले अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी माघ ७ गते हात्तिसारस्थित अरन्या होटलमा कार्यक्रम गर्न लागिएको हो । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने एमालेले जनाएको छ । बिहान ११ बजेदेखि शुरु हुने कार्यक्रममा निजामती विधेयक,शिक्षा विधेयक, नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । 

त्यसैगरी,सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण र प्रभावकारिता सन्दर्भमा सांसदहरुलाई टिप्स दिने जनाइएको छ । आगामी अधिवेशनबारे पनि कार्यक्रममा छलफल गरिने एमालेले जानकारी दिएको छ ।
 

टिप्पणीहरू