नौ किलोको काउलीले स्वागत गरेपछि तीन बुँदे मागपत्र
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई बाग्लुङमा नौ किलोको काउलीले स्वागत गरिएको छ । जैमिनी नगरपालिकामा आयोजित माघी संक्रान्ती मेलामा मन्त्री अधिकारीलाई स्थानीय किसानले आफैँले फलाएको काउलीले स्वागत गरेका हुन् ।
नगरपालिकाका उपप्रमुख हरिहर शर्माले काउली हस्तान्तरण गर्दै मन्त्रीको स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले स्थानीय किसानको उत्पादनलाई बजारीकरण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय तीब्र रुपमा बढिरहेको विदेश पलायनको प्रवृत्तिलाई रोक्नुपर्ने उनको भनाई छ ।
त्यसअघि मन्त्री अधिकारीलाई बाग्लुङ नगरपालिकाले तीन बुँदे मागपत्र बुझाएको थियो ।
टिप्पणीहरू