माओवादी केन्द्र पदाधिकारी बैठक स्थगितपछि विपक्षी दलहरुसँगको छलफलमा
केपी ओली नेतृत्व सरकारविरुद्ध रणनीति बनाउन विपक्षी दलका नेताहरू सिंहदरबारमा भेला भएका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बिहान ९ बजेदेखि शुरु बैठक जारी छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङलगायत विभिन्न दलका नेताहरूको सहभागिता रहेको बताइन्छ ।
यसअघि बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास, खुमलटारमा पदाधिकारी बैठक राखिएको थियो । उक्त बैठक दिउँसो ४ बजेसम्म स्थगित गरिएको छ ।
टिप्पणीहरू