समाजवादीको कार्यालयमा मोर्चाको बैठक
जसपा नेपाल फुटेपछि ‘अलपत्र’ परेको र माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि ब्युँतिएको समाजवादी मोर्चाको बैठक बसेको छ ।
आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अहिले बैठक बसिरहेको छ । ६ महिनापछि बसेको बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सहभागी छन् ।
त्यस्तै, माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेसपाका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठलगायतका नेताहरु पनि उपस्थित छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासहित विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरेका थिए । तर, पार्टी विभाजनपछि जसपा मोर्चाबाट बाहिरियो भने नेसपा सामेल भएको छ ।
टिप्पणीहरू